मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

swasthyakhabar.com · Fri Nov 12 09:45:00 GMT 2021

काठमाडौं - पछिल्लो २४ घण्टामा ३९७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४९८ सक्रिय संक्रमित छन्।गत २४ घण्टामा ३८९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)