आठ वर्षदेखि नक्कली दूतावास चलाएर ठगी धन्दा
barnanmedia.com · Thu Jul 24 23:09:36 GMT 2025

भारतमा नक्कली दूतावास सञ्चालन गरी ठगी गरेको आरोप एक व्यक्ति पक्राउ परेका छन्।
उत्तर प्रदेशको स्पेशल टास्क फोर्सको नोएडा युनिटले जुलाइ २२ (मंगलबार) एउटा नक्कली दूतावास सञ्चालन गरिरहेको घरमा छापा मारे हर्षवर्धन जैनलाई पक्राउ गरेको हो। छापा मारिएको घरमा कूटनीतिक नम्बर प्लेट राखिएका गाडीहरू पनि बरामद भएका छन्। हर्षवर्धनले सन् २०१७ देखि त्यहाँ नक्कली दूतावास चलाउँदै आएको समेत अनुसन्धानमा खुलेको छ । सो घरमा पासपोर्ट, विदेश मन्त्रालयका दस्तावेज, पेनड्राइभ, कम्पनीका छाप, प्रेस कार्ड पनि बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)