मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

प्रेरक प्रसंग : कतै ऊ तपाईंकै छोरो त होइन ?

nayapatrikadaily.com · Tue Apr 23 00:11:00 UTC 2024

उनी एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । उनले दिउँसो बालबालिकाको परीक्षा लिएर परीक्षणका लागि उत्तरपुस्तिका घरमा ल्याएकी थिइन् । साँझ घरमा बसेर उत्तरपुस्तिका परीक्षण गर्दै गर्दा उनका आँखाबाट आँसु बग्न थाल्यो । उनका पति नजिकै सोफामा पल्टिएर मोबाइल चलाइरहेका थिए । उनले पत्नीसित रुनुको कारण सोधे ।

पत्नीले आँसु पुछ्दै भनिन्– आज मैले विद्यार्थीलाई ‘मेरो सबैभन्दा ठूलो इच्छा’ शीर्षकमा केही लेख्न लगाएकी थिएँ । एक बालकले लेखेको रहेछ– ‘भगवान्, मलाई मोबाइल बनाइदिनुहोस् ।’ पत्नीको कुरा सुनेर पति हाँस्न थाले । पत्नीले भनिन्– अगाडि उसले के लेखेको छ, त्यो त सुन्नुहोस् । उसले लेखेको छ– यदि म मोबाइल बनेँ भने घरमा म सबैको साथमा हुनेछु । सबैजनाले मलाई ध्यानपूर्वक सुन्नेछन्, हेर्नेछन् र रमाउनेछन् । मलाई कसैले रोकटोक गर्नेछैन र मसँग कसैले सवालजवाफ पनि गर्नेछैन । जब म मोबाइल बन्नेछु, तब अफिसबाट आएपछि थाकेको भए पनि मेरा बाबा मसँगै हुनुहुनेछ । आमालाई जब तनाव हुनेछ, तब उहाँले मलाई गाली गर्नुहुनेछैन । उल्टो मेरै साथमा रहनुहुनेछ । मेरा दाजु र दिदीबीच मलाई हेर्न र चलाउन झगडा पर्नेछ । जब मोबाइल बन्द गरिनेछ, तब पनि मेरो निकै राम्रो हेरचाह हुनेछ । अँ साँच्ची, मोबाइलका रूपमा म सबैलाई खुसी दिन पनि सक्नेछु ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)