बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी
nepalnews.com · Fri Jul 03 00:42:54 GMT 2026

खोटाङ। जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित वासिङ पहिरोले एक शताब्दीभन्दा बढी समयदेखि स्थानीयवासीलाई विस्थापित गर्दै आएको छ। स्थानीयका अनुसार १९९० सालको महाभूकम्पअघि नै सुरु भएको पहिरो अहिलेसम्म रोकिएको छैन।
बुँवाखोलाबाट सुरु भएको पहिरोले दर्जनौँ घर, सयौँ रोपनी खेतबारी र पुरानो गोरेटो बाटो बगाइसकेको छ। वर्षायाममा पहिरोले खोलासमेत थुन्ने भएकाले तल्लो बस्ती थप जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)