मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अपराजित पुलिसलाई प्रधानमन्त्री कप

ekantipur.com · Sun Feb 04 00:33:56 GMT 2024

काठमाडौँ — नेपाल पुलिस क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो । पुलिसले यो प्रतियोगिता जितेको तेस्रो अवसर हो ।

टस हारेपछि ब्याटिङ निम्तो पाएको आर्मीलाई ४९.५ ओभरमा १ सय ८१ रनमै अलआउट गरेपछि पुलिसले शंकर रानाको अविजित अर्धशतकमा ३८ ओभरभित्रै लक्ष्य पूरा गरेको थियो । शंकरले ४३ बलमा ६२ रन बनाए । उनले कुशल मल्लको बलमा स्ट्रेट छक्का प्रहार गर्दै विजयी रन बटुलेका थिए । शंकरले कुल ५ चौका र ४ छक्का प्रहार गरे । शंकर र आरिफ शेखले पाँचौं विकेटमा ८५ रनको अविजित साझेदारी गरे । आरिफले ५४ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)