अपडेट: पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
ratopati.com · Sun Nov 02 17:50:00 GMT 2025

चितवन । आइतबार राति इच्छाकामना गाउँपालिका–३ चुम खोलामा खसेको सुक्खा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। राति करिब ११ः३० बजेबाट सडकमा सवारी आवागमन सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
सडक दुईतर्फी अवरुद्ध भएपछि सडक विभाग र प्रहरीको संयुक्त टोलीले तत्काल पहिरो पन्छाउने कार्य सुरु गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)