प्रेरक प्रसंग : बिउको संघर्ष
nayapatrikadaily.com · Sun Jul 30 00:16:00 GMT 2023
माटोमुनि दबिएको एउटा बिउ आफ्नो खोलभित्र आरामसाथ सुतिरहेको थियो । उसका बाँकी साथीहरू पनि आआफ्नो खोलभित्र त्यसैगरी खुम्चिएर बसिरहेका थिए । एकदिन अचानक वर्षा भयो । माटोमाथि थोरै पानी जम्मा भयो । सबै बिउ भिजेर सड्न थाले । पहिलो बिउको अवस्था पनि राम्रो थिएन । ऊ पनि सड्ने अवस्थामा पुग्यो ।
बिउले सोच्यो– यसरी नै बसिरहेँ भने मेरो अवस्था पनि साथीहरूको जस्तै हुनेछ । म पनि बिउको रूपमै मर्नेछु । त्यसैले, अब म आफू अमर बन्ने कोसिस गर्नैपर्छ । त्यसै हिम्मत हार्नु हुँदैन । बिउले हिम्मत देखायो र पूरै शक्ति लगाएर आफ्नो खोल तोड्यो र आफूलाई एक बिरुवाका रूपमा परिवर्तित गर्यो । अब माटो र वर्षात् उसका मित्र बने । हानि पुर्याउनुको साटो उनीहरू उसलाई बढ्न मद्दत गर्न थाले । बिस्तारै ऊ बढ्दै गयो । बढ्दाबढ्दै ऊ अब थप बढ्न नसक्ने अवस्थामा पुग्यो । उसले पुनः सोच्यो– अब म बढ्न सक्दिनँ । यसैगरी बसिरहेँ भने एक दिन मर्नेछु । तर, मलाई त अमर हुनु छ । यस्तो सोचेर उसले आफूलाई एक सुन्दर फूलमा परिवर्तन गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)