डेडिकेटेड विवादमा प्रधानमन्त्रीः चलाएको भए तिर्नुपर्छ, नचलाएको भए पर्दैन, कसैलाई अन्याय हुँदैन
onlinekhabar.com · Sun Nov 02 16:00:10 GMT 2025

१६ कात्तिक, बुटवल । प्रधानमन्त्री सुशीला कार्कीले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा कसैलाई पनि अन्याय नहुने गरी समाधान खोज्ने बताएकी छन् । प्रदेश मुख्यमन्त्रीहरूसँगको छलफलमा आइतवार प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्रीसँगको बैठकमा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरूले संवादबाट डेडिकेटेड तथा ट्रंक लाइन विवादको समाधान खोज्नुपर्नेमा संघीय सरकारले उद्योगको लाइन काटेर विवाद बढाएको गुनासो गरेका थिए । ठूला २५ वटा उद्योगको लाइन काटिदिँदा ठूलो मात्रामा कर्मचारी तथा श्रमिकले रोजगारी गुमाउने जोखिम रहेकोतर्फ मुख्यमन्त्रीहरूले ध्यानकर्षण गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)