नेपाल डिजिटल पेमेन्ट्स–एनसीएचएल सहकार्य
abhiyandaily.com
काठमाडौं (अस) । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप विस्तार गर्न सहकार्य सम्झौता भएको छ । सम्झौतामा एनडीपीसीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौतापछि एनडीपीसीले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यसभित्र रहेका एनएचसीएल–आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीमार्फत विभिन्न प्रकारका भुक्तानी रियल–टाइम तथा नन–रियल टाइममा कारोबार तथा फस्र्योट गर्न सकिनेछ । एनडीपीसीले आप्mनो वित्तीय सेवा डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ पहुँच बढाउन थप पहल गर्नेछ । एनडीपीसी नेपाल दूरसञ्चार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबाटद्वारा स्थापित कम्पनी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)