भारत फेरि बराबरीमा रोकियो
nayapatrikadaily.com · Fri Oct 08 00:40:00 GMT 2021
दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा भारतले अहिलेसम्मकै कमजोर सुरुवात गरेको छ । माल्दिभ्समा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपमा सर्वाधिक विजेता भारत लगातार दोस्रोपटक बराबरीमा रोकिएको छ । राउन्ड रोबिन लिगको आफ्नो दोस्रो खेलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको हो । यसअघि पहिलो खेलमा भारतले बंगलादेशसँग १–१ को नतिजा निकालेको थियो ।
मालेस्थित राष्ट्रिय रंगशालामा भारतले अंक बाँड्दा नेपाललाई फाइदा पुगेको छ । साफ च्याम्पियनसिपमा अहिलेसम्म उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो दुई खेलमा जित निकाली ६ अंक बटुलेको छ । नेपाल शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको भारत तेस्रो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)