आफ्नै श्रीमतीको हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद
kendrabindu.com · Fri Jun 26 09:36:42 GMT 2026

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै २६ वर्ष कैद सजाय सुनाएको हो । अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष जन्मकैद तथा पटके अपराध गरेको ठहर गर्दै थप एक वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
नेपाल प्रहरी