मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खो–खो लिगको तयारी पुरा

rajdhanidaily.com · Fri Apr 04 23:08:22 GMT 2025

बर्दिया । बर्दियाको ठाकुरबाबामा संचालन हुने नेपालकै पहिलो खो–खो लिगको तयारी पुरा भएको छ । जिल्ला ठाकुरबाबा नगरपालिकामा रहेको नेपालकै पहिलो खो–खो कभर्डहलमा सुरु हुने खो–खो लिग संचालनका लागि तयारी पुरा भएको नेपाल खो–खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए ।

पहिलो पटक आयोजना हुन लागेको नेपाल खो–खो लिग –२०८१ (ड्रिम खो–खो) मा पाँच टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल खो–खो संघले लिगको आयोजना गरेको हो । लिग चैत्र २४ गतेदेखि ३० गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार लिगमा डेली कन्स्ट्रक्सन राईनोज, न्याचर नेस्ट टाईगर्स, विकास प्रेमी ब्ल्याक बक, सुदूरपश्चिम किंग्स, कञ्चन गडाहवा रोएल्स गरी ५ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)