बार्सिलोना र इन्टरको रोमाञ्चक बराबरी
farakdhar.com · Thu Oct 13 01:03:28 GMT 2022
च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले बराबरी खेलेको छ । उसले गएराति इटालीको इन्टर मिलानसँग ३–३ को बराबरी खेलेको हो । घरेलु मैदान क्याम्प नोउमा समूह‘सी’अन्तर्गतको खेलमा बार्सिलोनाका लागि रोबर्ट लेबान्डोस्कीले २ र ओस्माने डेम्बेलेले १ गोल गर्दा इन्टरका लागि निकोलो, लाउटारो मार्टिनेज र राबियो गोसेन्सले १–१ गोल गरे ।
खेलको ४० औं मिनेटमा डेम्बेलेको गोलमार्फत बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ५० औं मिनेटमा बरेलाले इन्टरलाई १–१ को बराबरीमा ल्याए । ६२ औं मिनेटमा मार्टिनेजले गोल गरेपपछि पाहुना टोली २–१ ले अघि बढ्यो । ८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि घरेलु टोली २–२ को बाराबरीमा आयो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)