पश्मिनाजन्य कच्चापदार्थको अनधिकृत चोरी निकासी नियन्त्रणको माग
deshsanchar.com · Thu Aug 08 17:15:24 UTC 2024
म्याग्दी – नेपाल पश्मिना उद्योग सङ्घले ऊनी तथा पश्मिनाजन्य कच्चापदार्थको चोरी निकासी नियन्त्रण गर्न माग गरेको छ। मुस्ताङ, डोल्पा, दार्चुला, मुगु, हुम्लालगायत जिल्लामा उत्पादित कच्चापदार्थको अनधिकृत निकासी हुँदा नेपालका पश्मिना उद्योग समस्यामा परेका सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको कच्चापदार्थ भुवाको चोरी निकासीका कारण राज्य र उद्योगी दुवैलाई नोक्सानी भएको बताए।
“ऊनी तथा पश्मिनाजन्य सामान नेपालबाट विदेश पठाउन नपाइने नियम उल्लङ्घन गरेर चिनियाँ व्यापारीले अवैध रुपमा भुवा लगेर पछि नेपाली उद्योगीलाई नै बेच्ने गरेका छन्”, उनले भने, “नेपालका उद्योगीहरुले कृषकबाटै कच्चापदार्थ खरिद गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका हौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)