बिम्सटेक चेम्बर गठन हुँदै, महासंघ संस्थापक सदस्य
arthasansar.com

बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक बिजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खुसी व्यक्त गरे । उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाइ तत्काल कार्यान्वयन गर्न आह्वान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)