मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बंगलादेशमा १७ सदस्यीय मन्त्रिपरिषद् गठन, दुई विद्यार्थी नेता पनि मन्त्री

farakdhar.com · Thu Aug 08 17:31:21 UTC 2024

बंगलादेशमा १७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारमा विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि मन्त्री बनेका छन् ।

बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएलगत्तै युनुसले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । मन्त्रिपरिषद्‍मा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)