मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

प्रेरक प्रसंग : बालकको मनोभाव

nayapatrikadaily.com · Sun Apr 14 00:20:00 UTC 2024

एक बालक सानैदेखि चेस खेलमा रुचि राख्थे । उनी चेस खेल्नबाहेक केही पनि जान्दैनथे । उनी चेस खेलसँगै कुनै राम्रो शैक्षिक संस्थाबाट शिक्षा प्राप्त गर्न चाहन्थे । उनले एउटा चर्चित विद्यालयबारे सुनेका थिए ।

एक दिन बालक विद्यालय गए र प्राचार्यसित आफूलाई विद्यालयमा भर्ना लिन अनुरोध गरे । प्राचार्यले भने– भर्ना हुन तिमीसित केही विशिष्ट गुण जरुरी छ । तिमी नै भन, तिमीसित कुन गुण छ ? बालकले नम्रतापूर्वक भने– मलाई चेस खेल्नबाहेक केही आउँदैन । प्राचार्यले भने– चेस खेल्न जान्दैमा यहाँ भर्ना हुन पाइन्न । बालकले पटक–पटक आफूलाई भर्ना लिइदिन अनुरोध गरिरहे । अन्त्यमा प्राचार्यले भने– ठकिै छ, तिमीले हाम्रो यस विद्यालयका सबैभन्दा दक्ष खेलाडीलाई चेसमा जित्यौ भने मात्र प्रवेश पाउँछौ । विद्यालयका सबैभन्दा दक्ष चेस खेलाडीलाई बोलाएर प्राचार्यले थप सर्त राखे– हेर बालक, तिमीले जित्यौ भने यस स्कुलमा भर्ना पाउँछौ र हार्नेलाई विद्यालयबाट निष्कासन गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)