मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘मौसम सुध्रिएपछि गौतम बुद्धमा परीक्षण उडान’

ekantipur.com · Sun Jan 09 01:19:04 GMT 2022

भैरहवा — निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । विमानस्थलको निरीक्षण गर्दै उनले परीक्षण उडान गरिएको दुई महिनाभित्र विमानस्थल सञ्चालनमा ल्याइने दाबी पनि गरे ।

अहिलेको मौसममा सुधार आउनासाथ परीक्षण उडान सुरु गरिने उनको भनाइ छ । ‘विमानस्थल चाँडो सञ्चालन गर्न हामी आतुर छौं,’ उनले भने, ‘मौसममा आएको खराबीका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानमा ढिलाइ भएको हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)