मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलबाट नेपालीको उद्धार गर्न ‘समय लाग्ने’

nepallive.com · Wed Oct 11 01:14:00 GMT 2023

काठमाडौं – युद्धग्रस्त इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन केही समय लाग्ने देखिएको छ। इजरायलमा रहेकामध्ये ३५० नेपालीले स्वदेश फिर्ताका लागि आवेदन दिए पनि उनीहरुलाई उद्धार गर्न भने समय लाग्ने देखिएको हो।

प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउन पनि केही दिन लाग्ने देखिएको छ। मंगलबार मात्रै परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन वार्ता गरेका थिए। इजरायली समकक्षी कोहेनसँग परराष्ट्रमन्त्री साउदले १० जना नेपालीको शव नेपाल ल्याउने र त्यहाँबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने विषयमा कुराकानी गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)