मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उत्तर–दक्षिण रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

nayapatrikadaily.com · Wed Dec 28 00:39:00 GMT 2022

सहमति गरेको तीन वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल–चीन अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भावना अध्ययन गर्न नेपाल आइपुगेको छ । मंगलबार ६ सदस्यीय चिनियाँ विज्ञटोली प्रस्तावित नेपाल–चीन (केरुङ–काठमाडौं) रेलमार्गको नेपालखण्ड विस्तृत सम्भाव्यता अध्ययन गर्न काठमाडौं आएको हो ।

चीनले नै ०७५ मा उक्त आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरेको थियो । २५ मंसिर ०७५ मा चीनको नेसनल रेलवे अथोरिटी अफ चाइनाले यस रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन रिपोर्ट नेपाललाई बुझाएको थियो । त्यसपछि आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने गरी २५–२६ असोज ०७६ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सहमति भएको थियो । सोहीअनुसार १० मंसिर ०७६ मा दुई देशबीच अध्ययनको कामसमेत बाँडफाँड भएको थियो । त्यसको दुई वर्षमा अध्ययन सम्पन्न गर्ने भनिए पनि तीन वर्षपछि चिनियाँ टोली आयोजनाको विस्तृत अध्ययन गर्न नेपाल आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)