भारतीय पक्षलाई मनाएर सन्चालनमा ल्याइयो ठोरीको ठुटेखोला पुलको एप्रोच सडक
onlinekhabar.com · Fri Aug 19 00:44:44 GMT 2022
३ भदौ, वीरगञ्ज । वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिका–२ र ३ जोड्ने ठुटेखोला पुलको पूर्वतर्फको एप्रोच सडक सञ्चालनमा आएको छ । पुल बनेको ४ वर्षपछि गाउँपालिकाले एप्रोच सडक बनाएको हो ।
यसअघि ठुटे खोलाबाट भारतीय पक्षले प्रयोग गर्दै आएको दुईवटा कुलो मध्ये पश्चिमतर्फको एउटा कुलो पुरेर स्थानीयले डाइभर्सन बनाई पुलको प्रयोग गर्दै आएका थिए । हुलाकी सडक योजना कार्यालयले पुनः टेण्डर आह्वान गरेपछि मात्र एप्रोच सडक कालोपत्रेको काम हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)