मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

ratopati.com · Sun Nov 02 20:27:00 GMT 2025

गण्डकी । होटल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।

पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवर्द्धनात्मक कार्यक्रममा निस्केको होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)