मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

त्रिवि उपकुलपतिका लागि १४ जना  ‘सर्टलिस्ट’ मा

ekantipur.com · Fri Feb 09 00:51:34 GMT 2024

काठमाडौँ — छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिने ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ । सय पूर्णाङ्कमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको हो ।

३५ अंक छुट्याइएको विद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनाको शिक्षामन्त्री अशोककुमार राई अध्यक्षताको समितिले विज्ञहरूबाट मूल्यांकन गराएको थियो । ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजना आवेदकहरूले दरखास्तसँगै बुझाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)