डोल्पामा डढेलोले सातामै लियो ६ को ज्यान
nayapatrikadaily.com · Sun Apr 14 00:32:00 UTC 2024

डोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन बालक गरी ६ जनाको ज्यान गएको हो ।
डढेलोमा परी घाइते सेनाका प्युठको काठमाडौंमा उपचार भइरहेको छ । गुच्ची च्याउ टिप्न गएका तीन बालक २९ चैतमा त्रिपुरासुन्दर नगरपालिका– ४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका थिए । १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रजिअ दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)