'सुरुमा बेरुजु देखाएर तर्साउने र पछि कोठाभित्र कागज मिलाउने खेल भयो'
ratopati.com · Thu Jun 11 15:22:49 GMT 2026

विराटनगर । कोशी प्रदेश सभा सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले महालेखा परीक्षकको कार्यालय र मन्त्रालयका सचिवहरूलाई कडा प्रश्न गरेका छन् ।
बुधबार बसेको लेखा समितिको बैठकको सुरुवाती एक घण्टा महालेखा परीक्षकको कार्यालयको प्रस्तुति र मन्त्रालयका सचिवहरूको सामान्य स्पष्टीकरणमै बितेको थियो । त्यसक्रममा सचिवहरूले कानुन नहुँदा समस्या भयो भन्दै आफूलाई चोख्याउने र महालेखाले हामीले त कानुन हेरेर लेख्ने हो भन्दै पन्छिने प्रयास गरिरहेका थिए । तर, जब बैठकको करिब एक घण्टापछि सांसदहरूको बोल्ने पालो आयो, बैठकको माहोल एकाएक तातियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)