मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

ratopati.com · Sun Nov 02 21:52:00 GMT 2025

बागलुङ । नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गरेका छन् । उनले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको बताए । सो अस्पतालले हाल ६० जना मिर्गौला पीडितलाई नियमित डाइलाइसिस सेवा दिइरहेको छ ।

“मिर्गौला रोगीको सङ्ख्या बढिरहेको छ, उपचार गर्ने उपकरण र जनशक्ति सीमित छ, पोखरामा डायलाइसिस गरिरहेको थिएँ, अहिले जिल्लाकै अस्पतालबाट सेवा पाएको छु, सेवाका कारण खर्च र समय दुवै बचेको छ, घरबाटै आउन जान सकिन्छ,” उनले भने “अस्पतालले प्रदान गरेको निःशुल्क डायलाइसिस सेवाले राहत मिलेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)