सुरोजलाई चेस उपाधि
ekantipur.com · Sat Jan 20 16:36:14 GMT 2024
काठमाडौँ — ललितपुरका सुरोज महर्जनले टोखा युवा खुला राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेसमा ललितपुर स्पोर्ट्स क्लवबाट खेलेका सुरोजले अन्तिम चरणमा काठमाडौंका धिरेन राईलाई हराएका थिए ।
उत्कृष्ट लयमा रहेका सुरोजले ८ खेलमा जित निकाले भने छैटौं चरणमा सुश्रुत दाहालसँग पराजित भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए । काठमाडौका सुदीप तामाङ दोस्रो र धिरेन राई तेस्रो हुँदै क्रमशः १० हजार र ७ हजार पुरस्कार जित्न सफल भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)