गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ
ratopati.com · Sun Nov 02 22:14:00 GMT 2025

तेह्रथुम । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खास गरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् ।
वैदेशिक रोजगारी र बसाइसराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपि, तेह्रथुमको म्याङलुङ नगरपालिका–६ मेक्चानाका तिलबहादुर श्रेष्ठ र कुष्णकुमार श्रेष्ठको कृषिकर्म भने जिल्लामै उदाहरणीय छ । पछिल्लो समय गाउँमा सम्भावना छैन भन्दै विदेश पलायन हुने र गाउँघर छाडेर सहर बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दा खेतीयोग्य जमिन बाझिँदै गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)