विश्वकप फुटबलले ततायो नेपाली बजार [फोटोफिचर]
hamrakura.com · Thu Jun 11 00:00:00 GMT 2026
काठमाडौँ । फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ शुरू भएको छ। अबको डेढ महिना विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्नेछ ।
विश्वका फुटबल प्रेमीलाई चासो छ – जुलाई १९ को रात न्यूजर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला ?
यसपटकको विश्वकप तीन देशमा आयोजना हुँदैछ र ३९ दिन चल्नेछ । ४८ राष्ट्र सहभागी छन्, १०४ खेल हुनेछन् । ४ राष्ट्र नयाँ छन् ।
विश्वकप सात समुद्रपारि हुने भए पनि नेपालमा समेत यसको ठूलै क्रेज छ । नेपालीहरुलाई विश्वकप राम्रैसँग लागिसकेको छ। यसको संकेत बजारले पनि गर्छ ।
पसलहरूमा विभिन्न देशको जर्सी किन्नेहरु बाक्लै देखिन्छन् । फुटबल समर्थकहरू आफ्नो मन पर्ने टोली र खेलाडीको जर्सी लगाएर सामाजिक सञ्जालमा फोटो पनि हालिरहेका छन् ।
बजारमा विभिन्न क्वालिटी र मूल्यका जर्सी पाइन्छन्। तीन–चार सयदेखि तीन–चार हजार रुपैयाँसम्मका जर्सी बजारमा पाइन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
फिफा