मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

हिन्दु-मुस्लिम मिलेर मनाए दसैं

ekantipur.com · Sat Oct 28 01:07:39 GMT 2023

धनगढी, गोरखा, नेपालगन्ज — विजयादशमीका दिन बाजुराको कोटिला गाउँका तीन टोलका बासिन्दा टीका थलीमा भेला भए । हिन्दु–मुस्लिम मिश्रित बसोबास रहेको कोटिलामा विगतझैं यसपालि पनि सामूहिक रूपमा टीका–जमरा लगाएर दसैंलाई उत्सवका रूपमा मनाए ।

खुदाबक्स मियाँ विजयादशमीका दिन तीनवटै टोलमा पुगेर शाही परिवारका तीन थलीमा आयोजित सामूहिक टीका–जमरा ग्रहणमा सहभागी भए । ८४ वर्ष पुगेका उनी कोटिलाकै ज्येष्ठ उमेरका हुन् । उनलाई हिन्दु समुदायकाले टीका र जमरा लगाए, उनले पनि सबैलाई टीका–जमरा लगाएर शुभकामना दिए । उनी मात्रै होइन, युवा र बाला उमेरका मुस्लिम समुदायका व्यक्तिले पनि टीका थलीमा पुगेर शुभकामना साटासाट गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)