मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता सुरु
rajdhanidaily.com · Wed May 17 23:06:29 GMT 2023
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल र पिपुल्स भोलियन्टरद्वारा मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित ५८ टिम सहभागी फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । काठमाडौंको मनमैजुस्थित फुटबल ग्राउण्डमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतियोगितको उद्घाटन गरेका हुन् ।
खेलमा देशभरिबाट करिब एक हजार एक सय खेलाडीको सहभागीता रहेको छ । ५८ टिम सहभागि फुटबलको उद्घाटन समारोहमा आज दुई मैत्रीपूर्ण खेल भए । युवा संघ बाग्मती प्रदेश र नेपाल भोटे युवा संघ टिम बिचको खेलमा कविन्द्र गुरुङ म्यान अफ दि म्याच भए । त्यस्तै, दोश्रो खेल युवासंघ नेपाल पाँचखाल र योङ एण्ड वाईज् टिमबीचको खेलमा जिम लिम्बु मेन अफ द म्याच बन्न सफल भए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)