मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक तिमिलसिनाले दिए राजीनामा

barnanmedia.com · Thu Aug 08 21:37:16 UTC 2024

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिलसिनाले राजीनामा दिएका छन् ।

साउन ९ गते प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोकेपछि उनी असन्तुष्ट हुँदै आएका थिए । दौरा सुरवाल लगाएर प्रदेश प्रमुख कार्यालयमा पुगेका उनलाई पार्टी नेतृत्वको दबाबमा रोकिएपछि मोबाइल अफ गरेर निस्केका थिए ।साउन १८ गते उनलाई पुनः मन्त्री बनाउने प्रचार गरियो । ९ गते मन्त्री बनेकाहरूलाई मन्त्रालय तोक्ने र उनलाई पनि मन्त्रीको शपथ खुवाउने गरी पार्टीले प्रचार गरे पनि अन्तिम समयमा रोकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)