बागमती प्रदेशमा सकियाे ७० प्रतिशत रोपाइँ
deshsanchar.com · Thu Jul 18 17:15:20 UTC 2024

मकवानपुर – बागमती प्रदेशमा हालसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ। प्रदेशको १३ जिल्लामा साउन १ गतेसम्म ७० प्रतिशत अर्थात ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हेटौँडाले जनाएको छ।
मन्त्रालयका अनुसार, कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर धान खेतीयोग्य जमिन मानिने बागमतीमा ७९ हजार दुई सय ५७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो। मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार, सबैभन्दा बढी रोपाइँ दोलखामा र सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)