मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेडिकल कलेजको असुलीमा आयोग मूकदर्शक

annapurnapost.com · Tue Dec 21 06:08:00 GMT 2021

काठमाडौं : मेडिकल कलेजहरूले २० लाख रुपैयाँसम्म बढी रकम मागिरहे पनि चिकित्सा शिक्षा आयोग मूकदर्शक बनिरहेको छ। आयोगले सम्बन्धन खारेज गर्न सम्बन्धित विश्वविद्यालयलाई लेखी पठाउने अधिकार पाएको छ। यससम्बन्धी व्यवस्था राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १४ ले गरेको छ। तर, अवैध ढंगले रकम लिइरहेका कलेजविरुद्ध आयोगले कारबाही प्रक्रिया नै अघि बढाएको छैन।

पीडित विद्यार्थीले काठमाडौं विश्वविद्यालय र आयोग धाउँदै आएका छन्। उनीहरूले दुबै निकायमा उजुरी दिएका छन्। ‘काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगलाई देखायो। आयोगले काठमाडौं विश्वविद्यालयलाई देखायो। हामीले के गर्नु ?’, एक पीडित विद्यार्थीले भने, ‘हामीलाई चित्तबुझ्दो जवाफ आएन उल्टै कलेजविरुद्ध ठगी मुद्दा लगाउनुहोस् भनेर जवाफ दिनुहुन्छ। अतिरिक्त शुल्क दिनुपर्ने हो भने हामी पढ्न सक्दैनौं।’ मंसिर तेस्रो सातामै सुरु भइसक्नुपर्ने शैक्षिक कार्यक्रम यही कारण अझै अन्योलमा छ। आयोगले एमबीबीएसतर्फ उपत्यकाभित्र ४० लाख २३ हजार र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)