मुख्यमन्त्री सतिस सिंहले चार वटा सरकारी कार्यालयको छड्के अनुगमन, कर्मचारीलाइ साेधियाे स्पष्टीकरण
barnanmedia.com · Thu Aug 08 21:55:07 UTC 2024

मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले चार वटा सरकारी कार्यालयको छड्के अनुगमन गरेका छन् । कर्मचारीहरूबाट सेवाग्राहीलाई दिने सेवा सुविधामा ढिलाइ हुने गरेको जनगुनासा व्यापक रूपमा आउन थालेपछि मुख्यमन्त्री सिंहले सरकारी कार्यालयमा छड्के अनुगमन थालेका हुन् ।
मुख्यमन्त्री सिंहले बिहीबार एक मन्त्रालय, २ वटा निर्देशनालय र एउटा जिल्ला कार्यालय गरी ४ वटा सरकारी कार्यालयको अनुगमन गरेका छन् । बिहान कार्यालय समय सुरु भएपछि मुख्यमन्त्री सिंहले कृषि मन्त्रालय, वन निर्देशनालय, शिक्षा निर्देशनालय र पूर्वाधार विकास कार्यालय धनुषाको निरीक्षण गरेका थिए ।निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले केही हदसम्म कर्मचारी आउने समयमा सुधार भए पनि अझ कर्मचारी मापदण्डको पालना नभएको पाइएको बताए । उनका अनुसार आज भएको अनुगमनमा अधिकांश कर्मचारीहरू बाहिर नै रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)