श्वेत भैरवको प्रसाद खान महिलाहरूको भिड (तस्बिरहरू)
baahrakhari.com · Tue Sep 21 16:47:00 GMT 2021
काठमाडौं । मंगलबार राति हनुमानढोकाको श्वेत भैरवको मुखबाट खसाल्ने प्रसाद महिलाहरूलाई मात्र खुवाइएको छ । आठदिन लामो इन्द्रजात्राको अवधिभर हरेकदिन साँझ पूजापछि श्वेत भैरवको मुखमा राखेको पाइपबाट प्रसाद स्वरूप जाँड रक्सी खसाल्ने गरिन्छ । मंगलबार रातिको प्रसाद खान महिलाहरू भिड लागेको थियो ।
केहीवर्षअघिसम्म महिला पुरुष सबैले हरेकदिन प्रसाद खान पाउँथे । तर, पुरुषहरूको भिडका कारण महिलाहरू प्रसाद खानबाट वञ्चित हुने गरेको गुनासोपछि केही वर्षदेखि महिलाका लागि मात्र भनेर एक दिन छुट्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)