मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भुम्लुमा बन्यो पक्की सिँचाइ कुलो र पुल, स्थानीयलाई सहज

nepalsamaya.com · Tue Feb 13 23:17:00 GMT 2024

काभ्रेपलाञ्चोक- भुम्लु गाउँपालिका-५ स्थित घट्टेखोला-मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ। आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान निकै खुसी भएका छन्। विसं २०४१ मा कुलो निर्माण गर्दा पहरा फुटाउन ब्लाष्टिङ गरेको सम्झँदै स्थानीय रामजी श्रेष्ठले अहिले पक्की सिँचाइ कुलो बनेपछि निकै खुसी भएको बताए।

उनले भने, 'यो सिँचाइ कुलोका लागि यसअघि धेरै मेहनत गरियो, अब पक्की नालासहित आयोजना निर्माण भएको छ, हामी निकै खुसी छौँ।' दीर्घकालीनरुपमा खेतसम्मै आयोजना सम्पन्न भएपछि थुम्की, अर्चले, घट्टेखोला, देवलडाँडा, मुलाबारी फाँटका करिब दुई हजारभन्दा बढी घरपरिवारका किसान लाभान्वित हुने जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)