साउदीमा नेपाली रोजगारदाताः अकामा नबन्दा तनावमा
rajdhanidaily.com · Thu Aug 08 23:13:18 UTC 2024

काठमाडौं । घनुषाका महम्मद कलाम अन्सारी १८ महिनाअघि रोजगारीका लागि साउदी अरब पुगे । अन्सारी एड्भान्स ह्युमन रिसोर्स प्रालिमार्फत आकर्षक तलबको प्रलोभनमा परी त्यहाँ पुगेका थिए ।
नेपालबाट साउदी पुगेको चार महिनासम्म कम्पनीले अकामा बनाइदिएन । चार महिना काम गरेको तलब पनि नदिएपछि उनी तनावमा थिए । ऋण काढेर दलाललाई मोटो रकम बुझाएर त्यहाँ पुगेका उनले कम्पनीले श्रम शोषण मात्र गर्ने अकामा पनि नबनाइदिने भएपछि कम्पनी छाडे । अकामा र तलब नदिएपछि उनी भागेर कुनै एक रोजगारदाताकामा काम गर्न थाले । तर, साउदीमा भागेर अर्को रोजगारदाताकामा बिनाआवासीय अनुमत्रपत्र (भिसा) काम गर्न पाइँदैन । कुनै कारणबस साउदी प्रहरीले पक्राउ गरी जेल हाल्छ भन्ने कुरा बुझेपछि उनी अब नेपाल कसरी जानु भन्ने चिन्तामा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)