सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
ratopati.com · Sun May 11 16:49:00 GMT 2025

लाताकिया । सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको डढेलोले ३० हेक्टरभन्दा बढी जमिन जलेको सिरियाली नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ ।
हालसम्म कुनै व्यक्ति घाइते भएको वा घरमा क्षति पुगेको विवरण आएको छैन । डढेलोको कारण भने अझै नखुलेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)