घट्यो पेट्रोलियम पदार्थको मूल्य
kendrabindu.com · Fri Dec 01 00:42:44 GMT 2023
इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको हो। शुक्रबार दिउँसो एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो।
निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रुपैयाँ डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)