१८ वर्षपछि संक्रमणकालीन न्याय टुंग्याइँदै
rajdhanidaily.com · Thu Aug 08 23:18:04 UTC 2024

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक कानुन समितिबाट सर्वसम्मतले पारित भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक कानुन समितिबाट पारित भएसँगै अब प्रतिनिधिसभामा पेस हुनेछ ।
बिहीबार प्रतिवेदनसहित पारित भएको कानुन समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन् । विधेयक फुल हाउसको आगामी प्रतिनिधिसभा बैठकमा पेस गर्न सभामुखलाई पत्र लेखेर अनुरोध गर्ने र अनुमति पाए अर्को बैठकमा पेस गर्ने समिति सभापति सुवेदीले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)