मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयो

ekantipur.com · Thu Aug 08 23:43:26 UTC 2024

काठमाडौँ — रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तुधातु बिहीबार पशुपतिस्थित आर्यघाटमा विसर्जन गरिएको छ । मृतक परिवारको सहमति लिई रुसमै दाहसंस्कार भएका ५ जना नेपालीको अस्तुधातु पठाइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार बिहान ५ जनाको ३० केजीको अस्तुधातु कतार एयरवेजमार्फत मस्कोबाट काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल एयरलाइन्स (कार्गो) का अनुसार कास्कीका देवन राई, स्याङ्जाका प्रितम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ, महोत्तरीका अनितकुमार साहको अस्तु परिवारलाई हस्तान्तरण गरिएको हो । मृतकका आफन्तले अस्तु बुझेर बिहीबार आर्यघाटमा विसर्जन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)