पाथीभरा क्षेत्रमा तीर्थयात्रीको पहुँचमा रेडपाण्डा
ekantipur.com · Mon Feb 26 16:55:43 GMT 2024
ताप्लेजुङ — पानीको मुहान सफाइका लागि शनिबार डढेले गएका माथिल्लो फेदीका राजेन्द्र महतले रेडपाण्डाको फोटो र भिडियो खिचे । नजिकैबाट मोबाइलमा कैद गरेका उनलाई रेडपाण्डाले पोज दिएको आभास दिलायो । मोबाइलमा कैद गरिरहेका उनीतिर फर्किएर एकाहोरो हेरिदिन्थ्यो भनें कहिले दायाँबायाँ घुमेर कैद गर्ने माहोल बनाइ दिन्थ्यो । चौरमाथिको डाँडामा देखिएको रेडपाण्डा मानिस भीड देखेपछि भने पहराको फेदतिर ओर्लियो ।
त्यसको दुईदिन अघि (बिहीबार) पाथीभरा जाने तीर्थयात्रीले पैदलमार्ग नजिकै हिँडिरेको रेडपाण्डाको भिडियो खिचेर राजेन्द्रलाई देखाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)