वालिङ नगरपालिका ५ वडा कार्यालय भाडाको घरमा
ratopati.com · Sun Mar 05 06:41:00 GMT 2023
स्याङ्जा । वालिङ नगरपालिकाका १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन् । आफ्नै भवन र स्वास्थ्य चौकीको भवनबाट अन्य नौ वडा सञ्चालनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । “नगरपालिकासित भवन बनाउनका लागि बजेट नहुने समस्या छ”, उनले भने, “संघीय तथा प्रदेश सरकारले पनि भवन निर्माणका लागि त्यति धेरै महत्व नदिने भएकाले पनि वडा कार्यालयका भवन निर्माण गर्न नसकिएको हो ।”
वडा नं. १३ को कार्यालय भवन निर्माण सम्पन्न हुन लागेको उनले जानकारी दिए । हाल स्वास्थ्य चौकीको भवनबाट सेवा दिइरहेको वडा नं. ४ को भवन निर्माणका लागि प्रक्रिया पूरा भई निर्माण थालनी भएको छ । वडा नं. ९ को लागि पनि साविकको पशु सेवा केन्द्र रहेको भवनबाट सेवा दिने तयारी भइरहेता पनि निर्णय हुन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)