मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

barnanmedia.com · Mon May 18 20:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा सम्पन्न उच्चस्तरीय शिखर सम्मेलनपछि चीनले अमेरिकी कृषि उत्पादनहरूको खरिद उल्लेखनीय रूपमा बढाउने सहमति जनाएको छ । विशेषगरी गोमांस, कुखुराको मासु र भटमासजस्ता उत्पादनको व्यापार विस्तार गर्ने समझदारी भएपछि लामो समयदेखि व्यापार युद्धको असर झेलिरहेका अमेरिकी किसानहरूमा नयाँ आशा जागेको छ ।

ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको विवरणअनुसार चीनले सन् २०२६ का लागि वार्षिक १७ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी कृषि उत्पादन खरिद गर्ने सहमति जनाएको छ । यही स्तरको खरिद सन् २०२७ र २०२८ मा पनि कायम राखिने बताइएको छ । ट्रम्प प्रशासनले यसलाई अमेरिकी कृषि क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)