४२ वर्षपछि एकै सिजनका चार खेलमा बार्सिलोना सँग स्तब्ध बन्यो रियल
deshsanchar.com · Sun May 11 17:46:59 GMT 2025
स्पेनिस जायन्ट रियल म्याड्रिड सिजनमा चौंथो पटक बार्सिलोनासँग पराजित भएको छ। लालिगाको उपाधि दौडमा निर्णायक मानिएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-३ ले पराजित गरेको हो।
रोमाञ्चक बनेको ‘एल क्लासिको’ भिडन्तमा जित निकालेसँगै बार्सिलोना उपाधि नजिक पुग्न सफल भएको छ। आइतबार भएको खेलमा उसले २ गोलले पछि परेको अवस्था उल्टाउँदै पहिलो हाफमै ४-२ को अग्रता बनाएको थियो। रियल म्याड्रिडका लागि किलियन एमबाप्पेले ह्याट्रिक गर्दै दबाब बनाएपनि बार्सिलोनाको आक्रामक पुनरागमनले खेलको मोड नै फेरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)