कर नबुझाउनेलाई महानगरको अल्टिमेटम
ekantipur.com · Mon Aug 09 01:16:20 GMT 2021
काठमाडौँ — काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ जना करदाताको नाम सार्वजनिक गर्दै ३० दिने अल्टिमेटम दिएको छ । महानगरले आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै विवादास्पद व्यापारी अजेयराज सुमार्गी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको कम्पनीसहित ५२ जना व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको हो ।
कर बुझाउन वडा कार्यालयले पटकपटक पत्र पठाए पनि अटेरी गरेको महानगरको सूचनामा उल्लेख छ । लामो समयदेखि कर नतिरेका करदाताको नाम सार्वजनिक गरिएको महानगरको राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए । करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए कानुनी प्रक्रिया अपनाउने तयारी भइरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)