अवैध रुपमा ल्याइएको दश लाख बढीको औषधि बरामद
ratopati.com · Mon Feb 27 22:18:00 GMT 2023
कञ्चनपुर । भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले आज भारतबाट अवैध रुपमा लुकाई–छिपाई ल्याउँदै गरेको रु १० लाख २१ हजार चार सय बराबरको औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीकाअनुसार विशेष सुराकीका आधारमा बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोसाकको प्रहरीको टोलीले सेगोप्लेक्स आठ सय १० थान, बोनभिटा एक हजार थान र न्युरोक्याक्स एक हजार ८० थान औषधिको पत्ता बरामद गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । बरामद औषधिलाई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)