मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रधानमन्त्री कप खेल्न उत्साहित महिला क्रिकेटर

nayapatrikadaily.com · Thu Dec 21 00:34:00 GMT 2023

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा आयोजना गर्दै छ । बिहीबारदेखि सुरु हुने प्रतियोगितमा सात प्रदेश र विभागीय टोलीले भाग लिनेछन् । राउन्ड रोबिनअनुसार आयोजना हुँदा सहभागी खेलाडी उत्साहित छन् । अघिल्ला संस्करणमा समूह चरण विभाजन भएको थियो । जसमा सेमिफाइनल र फाइनल फम्र्याट रहेको थियो । फाइनल पुग्ने टोलीले धेरैमा पाँच खेल खेल्न पाउन्थ्यो । तर, राउन्ड रोबिनमा एक टोलीले कम्तीमा पनि सात खेल खेल्नेछ ।

फाइनल पुग्ने टोलीले नौ खेल खेल्नेछ । क्यानले यो प्रतियोगितापछि फेब्रुअरीमा आयोजना हुने टी–२० क्रिकेट प्रतियोगितालाई सहयोग मिल्ने जनाएको छ । एपिएफ क्लबकी कप्तान सीता रानामगरले पहिलोपटक राउन्ड रोबिनमा आयोजना हुँदा नयाँ खेलाडीले अवसर पाउने बताइन् । ‘पहिलोपटक यो पद्धतिमा खेल आयोजना हुँदै छ । लामो समय खेल्न पाउँदा सुधार गर्न पनि पाइन्छ,’ उनले भनिन्, ‘साथै नयाँ खेलाडीले पनि अवसर पाउँछन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)