स्टार्टअपलाई बीउ पुँजी दिन बल्ल छलफल
ekantipur.com · Sat Oct 09 01:16:54 GMT 2021
काठमाडौँ — नवप्रवर्तन (स्टार्टअप) व्यवसाय प्रवर्द्धन पहिलो पटक आर्थिक वर्ष ०७१/७२ को वार्षिक बजेटमा पर्यो । तर यसबारेको चर्चा दशकअघि नै सुरु भएको हो । नवप्रवर्तनलाई बढावा दिन सहुलियत ब्याजदरमा ऋण तथा बीउ पुँजी उपलब्ध गराउने भन्दै त्यसयताका हरेक बजेटमा यो कार्यक्रम अटाएको छ । तर कार्यविधि नबन्दा लागू हुनु त परको कुरा बल्ल कार्यविधिको मस्यौदामाथि छलफल थालिएको छ ।
चालु आव ०७८/७९ को बजेटमा ‘युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी १ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको बीउ पुँजी कर्जा उपलब्ध गराउने’ उल्लेख छ । बजेटमा परेको यो कार्यक्रमलाई अर्थ मन्त्रालयले तत्काल कार्यविधि बनाएर साउन १ बाटै कार्यान्वयन गर्ने जनाएको थियो । तर कार्यविधि अझै बनिसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)